प्रतिनिधिसभा बैठक भोलि बस्ने गरी स्थगित

प्रतिनिधिसभा बैठक भोलि बस्ने गरी स्थगित


काठमाण्डु – प्रतिनिधिसभा बैठक भोलि मंगलबार बस्ने गरी स्थगित भएको छ ।

सोमबार सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी गर्दागर्दै सोमबारको बैठक सञ्चालन भएको थियो । विपक्षी दलहरूले जेठ १३ गतेदेखि संसद्मा अवरोध गर्दै आएका छन् ।