काठमाण्डु– राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाण्डु जिल्ला अदालतमा उपस्थित भएका छन् ।
राजावादीको तीनकुने आन्दोलनमा पक्राउ पछी हाजिरी जमानीमा छुटेका मिश्र मंगलबार जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
मिश्रको आज नै थुनछेक बहस हुने बताइएको छ । त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ ।
सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३ लाख धरौटीमा छुटेका छन् ।
गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बन्दा २ जनाको मृत्यु भएपछि मिश्र र राणासहित अन्यलाई पक्राउ गरि मुद्दा चलाइएको थियो ।




प्रतिक्रिया