काठमाण्डु – शेयर बजार नेप्से परिसूचकमा मंगलबार ३.९० अंकले गिरावट आएको छ ।
मंगलबार सामान्य गिरावटपछि शेयर बजार २६५४.७५ विन्दुमा कायम भएको छ ।
मंगलबारको कारोबारमा विभिन्न ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता शेयर ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।
मंगलबार पियोर पावरको शेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने बुटवल पावरको शेयर मूल्य ७.७३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गार्डीयन माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य ४.६२ प्रतिशतले घटेको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ७४ करोड ९६ लाख कारोबार भएको छ ।




प्रतिक्रिया