२६५३मा झर्‍यो सेयर बजार, ९ अर्बको कारोबार

२६५३मा झर्‍यो सेयर बजार, ९ अर्बको कारोबार


काठमाण्डु– बुधबार सेयर बजार झिनो अंकले घटेको छ । यसदिन नेप्से १ अंकले घटेर परिसुचक २६५३ अंकमा कायम भएको छ ।

आज २ करोड ३४ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोडको भयो ।

कारोबारमा आएका ८८ कम्पनीको मूल्य बढ्यो भने १५९ को घट्दा, एउटाको स्थिर रह्यो ।

आज कारोबारका आधारमा सानिमा माइ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, बुटवल पावर, ङादी ग्रुप र युनियन हाइड्रोपावर अगाडि रहे ।

आज पियोर इनर्जी र जोशी हाइड्रोपावरको सेयर १०, युनियन हाइड्रोपावरको ९.२२ प्रतिशत बढ्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो ।

हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७ र अन्य समूह ०.१९ प्रतिशत बढे ।

बैंकिङ ०.१२, विकास बैंक १.२५, होटल तथा पर्यटन १.१३, फाइनान्स ०.४६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६२ तथा व्यापार समूह ०.१५ प्रतिशत घटे ।