दिपक मनाङे सांसद उम्मेदवार बन्न नै अयोग्य, आजैदेखि पदमुक्त

दिपक मनाङे सांसद उम्मेदवार बन्न नै अयोग्य, आजैदेखि पदमुक्त


काठमाण्डु – ज्यान मार्ने प्रयास गरेको कसूरमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सांसद राजिव गुरुङ (दिपक मनाङे) सांसद बन्न अयोग्य रहेको ठहर सर्वाेच्च अदालतको संवैधानिक इजलाशले गरेको छ ।

इजालसले उम्मेदवार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गर्दै आजैदेखि पदमुक्त गरेको छ ।

उनलाई सुरुको दिनदेखि नै लागू हुने गरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मितिबाट लागू हुने गरी पदमुक्त हुने निर्णय गरेको छ ।

उनी गण्डकी प्रदेशसभामा सांसद हुँदै मन्त्री समेत भएका थिए ।