आज उपत्यकाका ३ सहित ५६ जिल्लामा बाढीको जोखिम, १८ ठुला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने

आज उपत्यकाका ३ सहित ५६ जिल्लामा बाढीको जोखिम, १८ ठुला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले आज (असार ५बिहीबार देशका ५६ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको जनाएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले ५६ जिल्लामा बाढीको चेतावनी र ११ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो ।

महासाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, गोरखा, लमजुङ, कास्की, स्याङजा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

यस्तै पांचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाण्डु,, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, तनहु, पर्वत, बाग्लुङ, म्याग्दी, पर्सा, चित्तवन, नवलपुर पुर्व, नवलपुर पश्चिम, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, अछाम, दैलेख, दार्चुला, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव सामान्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महासाखाले अनुरोध गरेको छ ।

यस्तै महासाखाले आज १८ बटा ठुला नदीमा पानीको बहाव उल्लेख्य मात्रामा बढ्ने भएकाले सतर्क रहन सूचित गरेको छ ।