काठमाण्डु– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
बुधबार १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । बुधबार तोलामा २२ सय २५ रुपैयाँ कायम भएको चाँदी बिहीबार २२ सय रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया