काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसरमा बिहीबार राजदूत तिम्सिनालाई फिलिपिन्सको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया