जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध आरोपपत्र दायर

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध आरोपपत्र दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

कार्यकारी निर्देशकले विना प्रक्रिया परिषद्को रकम खर्च गरेको, स्कारपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको आरोपमा अभियोगपत्र दायर गरिएको छ ।

आरोपपत्रमा ठाकुरसँगै उनकी पत्नी इनदुलेखाकुमारी ठाकुर, परिषद्का लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवी शर्मा, कम्प्यूटर अधिकृत कृष्णमुरारी सिंह, सवारी चालक बिक्कीकुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बवितादेवी साह, धषुनाको जनकपुरधाम उपमहानगरपालिका बस्ने ठेकेदार जितेन्द्रकुमार यादवविरुद्ध फरक–फरक रकम बिगो माग दाबी गरिएको छ ।

ठाकुर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशकको पदमा २०७५ मंसिर ५ देखि २०७९ मंसिर ४ गतेसम्म कार्यरत थिए । उनले अन्य आरोपीसँगको आपसी मिलेमतो तथा योजनामा निजी प्रयोगका लागि स्कार्पियो गाडी खरिदको लागि बैना दिए/लिएको १ वर्षपछि उनले श्रीमती इन्दुलेखाको नाममा गाडी यातायात कार्यालयबाट नामसारी गरे/गराएको देखिएको अख्तियारको ठहर छ ।