काठमाण्डु– असार १५ गते बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
१५ गते दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक १६ गते सोमबार दिउँसो १ बजे बस्ने गरी सरेको हो ।
बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’




प्रतिक्रिया