काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ ।
सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने भन्दै यी दुई दलले संसद् अवरोध कायम राख्ने भएका हुन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको जानकारी दिए ।
यस्तै आजको संसद बैठकमा पार्टीको अडान परिवर्तन नहुने पार्टीका प्रवक्ता मनिष झाले बताए ।
आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि अहिले रास्वपाको संसदीय दलको अनौपचारिक बैठक बसिरहेको छ । वेल घेराउ गर्ने कि बहिष्कार गर्ने वा विरोधका अन्य स्वरूपमा जाने भन्ने छलफलले निर्णय लिने झाले बताए ।




प्रतिक्रिया