प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०८२ पारित

प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०८२ पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।

मंगलबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको छ ।

बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथि सांसदहरूले प्रस्तुत गरेको २३ वटा खर्च कटौतीका प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत गरिएका छन् ।

सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।