काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले साउन ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बुधबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको र त्यसअघि साउन २ गते पोलिटब्युरो बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०–२२ गतेसम्म सनराइज हल गोदावरीमा गर्ने तयारी छ । ‘विधान महाधिवेशनमा ३ वटा दस्तावेज प्रस्तुत हुनेछन् । राजनीतिक प्रस्ताव पार्टी अध्यक्ष, विधान प्रस्ताव उपाध्यक्ष विष्णु पौडेल र संगठनात्मक प्रस्ताव महासचिवले प्रस्तुत गर्नुहुनेछ,’ उनले भने ।




प्रतिक्रिया