एसईई नतिजा एक साताभित्रै आउने

एसईई नतिजा एक साताभित्रै आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताभित्रै आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी गरिहेको छ ।

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने काम भइरहेको छ।

यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको थियो। तर गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरूले गरेको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।

‘हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ। अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ। काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ,’परीक्षा नियन्त्रक भट्टराईले भने ।

गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।