काठमाण्डु- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अभियान चलाउने भएको छ।
सभापति गगन थापाको उपस्थितिमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित नागरिकको पुनःस्थापनाका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको सह-महामन्त्री प्रतिमा गौतमले जानकारी दिइन्।
गौतमका अनुसार छठ पर्वलगत्तै कांग्रेसको टोली तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँबस्तीमा पुग्नेछ। टोलीले स्थलगत अवलोकन तथा स्थानीयसँग अन्तरक्रिया गरी प्रभावित बस्तीको अवस्था बुझ्नेछ।


प्रतिक्रिया