काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको छ ।
चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५, अर्जुन साउँदले ३१ र डाविड मालानले २८ रन जोडेका छन् ।
खेलमा पोखराको कप्तानी गरेका श्रीलंकन बलर चमिका करुणारत्ने, बिपिन खत्री र कुशल भुर्तेलले २–२ विकेट लिएका छन् ।


प्रतिक्रिया