नारायणगढ–मुग्लिन सडक पुर्णरूपमा सञ्चालनमा आयो

नारायणगढ–मुग्लिन सडक पुर्णरूपमा सञ्चालनमा आयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार सो क्षेत्रमा सडकमाथि जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा सडक डिभिजन कार्यालयले व्यवस्थापन गरेको हो । ढुङ्गा व्यवस्थापनसँगै बर्षात्को समयमा हुनसक्ने जोखिम र दुर्घटनामा केही कमी आउने उनले बताए।

बिहानदेखि सुरु गरिएको ढुङ्गा पन्छाउने काम दिउँसो ३ बजे सम्पन्न भएसँगै नारायणगढ–मुग्लिन सडक पुर्णरूपमा सञ्चालनमा आएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।