प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधि सभा बैठक शनिबार बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सम्बोधनका क्रममा उनले शनिबारबाट गर्न लागेको स्पेन भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने छन् ।

संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार साँझ स्पेन प्रस्थान गर्ने भएका छन् ।