काठमाण्डु – नेपाली कांग्रेसको जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० जना सदस्य मनोनयन गरिएका छन् ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
मनोनयन भएका सदस्यहरूमा विमला नेपाली (दाङ), दिपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाण्डु), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाण्डु) छन् ।
विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य नानु बास्तोला छन् ।




प्रतिक्रिया