काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमनको तयारी अगाडि बढाएकी छन् ।
जननेता मदन भण्डारीको स्मृति दिवसको अवसरमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा लाग्ने औपचारिक घोषणा गरेकी थिइन् ।
सक्रिय राजनीतिमा आउनुअघि उनले पूर्वराष्ट्रपतिको हैसियतमा सरकारले दिइरहेको सेवासुविधा फिर्ता गर्न आग्रह गर्दै गृह मन्त्रालयले पत्र लेख्ने तयारी भएको छ । पूर्वराष्ट्रपति भण्डारीनिकट स्रोतका अनुसार गृह मन्त्रालयलाई पत्र लेखेर साउन १ गतेबाट सम्पूर्ण सेवासुविधा फिर्ता गरिदिन आग्रह गरिँदैछ ।
‘भोलि–पर्सिमै गृह मन्त्रालयलाई पत्र लेखेर साउन १ गतेदेखि लागू गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘सेवासुविधा फिर्ता भएपछि उहाँ पार्टीमा झन् सक्रिय हुनुहुन्छ ।’
एमालेपंक्तिमा कतिपयले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको आगामी अध्यक्षको रूपमा हेर्न थालेका छन् ।




प्रतिक्रिया