कांग्रेस केन्द्रीय समिति बैठक : १३ एजेण्डामा छलफल जारी

कांग्रेस केन्द्रीय समिति बैठक : १३ एजेण्डामा छलफल जारी

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न १३ वटा विषयमा छलफल भइरहेको छ ।

महामन्त्री गगन थापाले छलफलका लागि पेस गरेको १३ वटा एजेण्डा माथि छलफल भइरहेको छ ।

९ महिनापछि बसेको बैठकमा पार्टीले सञ्चालन गरेको १ सय दिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नविकरणर वितरण,केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीति सहितका १३ एजेण्डा पेस गरिएको हो ।

  • १०० दिने अभियानका प्रतिवेदन प्रस्तुत र छलफल
  • केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन
  • केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
    -अनुशासन समितिको प्रतिवेदन
  • कृयाशिल सदस्यता नवीकरण प्रगति विवरण
  • केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय
  • नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा
  • नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त ‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा) को नाम संशोधन सम्बन्धमा
  • कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन
  • जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा
  • संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारीता (मन्त्रीहरूको प्रतिवेदन सहित छलफल)
  • समसामयिक विषय (राजनैतिक, सामाजिक,
  • शैक्षिक, प्रशासनिकलगायत
  • विविध।