पूर्वराष्ट्रपति भण्डारीले लिइन् सरकारी सेवासुविधा फिर्ता

पूर्वराष्ट्रपति भण्डारीले लिइन् सरकारी सेवासुविधा फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता लिएकी छिन् ।

बुधबार पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाएको सेवा सुविधा त्यागेको व्यहोराको पत्र गृहमन्त्रालयमा दर्ता भएको हो।

भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । उनले सुरक्षाबाहेकका सबै सुविधा फिर्ता गर्ने भन्दै गृहमा पत्र पठाएकी हुन् ।

भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।  राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् ।