निजामती विधेयक तोडमोड प्रकरणमा छानबिन समिति बनाउने सभामुखको तयारी

निजामती विधेयक तोडमोड प्रकरणमा छानबिन समिति बनाउने सभामुखको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकमा गरिएको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको तोडमोड प्रकरणमा छानबिन समिति बनाउने तयारी थालेका छन् ।

संसद्मा पेश गर्दा विधेयकको मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयलगत्तै छानबिन समितिबारे छलफल थालिएको छ ।

समिति सभापति रामहरि खतिवडाले बैठकका निर्णयबारे मौखिक जानकारी गराएका छन् । सभामुखले खतिवडासहित एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेका छन् । सभामुख घिमिरेले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरेका छन् ।

देशबाहिर रहेका प्रधानमन्त्री फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको परामर्शमा समिति गठन गर्न सुझाव दिएका जनाइएको छ ।

बुधबार भएको समितिको बैठकमा सांसदहरू रामहरि खतिवडामाथि खनिएका थिए ।