काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि बिहीबार सचिवालयको बैठक बोलाएको छ ।
पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्यालले भोलि बस्ने गरी बैठक आह्वान गरेका प्रवक्ता मनीष झाले जानकारी दिए ।
बिहीबार बिहान ११:३० बजे पार्टी मुख्यालय वनस्थलीमा बस्ने बैठकमा रुपन्देही–३ उपनिर्वाचन लगायत विषयमा छलफल हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक गतिविधिका विषयमा पनि छलफल हुने उनले बताए ।
रुपन्देही–३ उपनिर्वाचन कात्तिक १७ गते हुँदैछ ।




प्रतिक्रिया