कांग्रेस र एमाले संविधान र गणतन्त्रको आधिकारिक पक्ष होइन् : अध्यक्ष दाहाल

कांग्रेस र एमाले संविधान र गणतन्त्रको आधिकारिक पक्ष होइन् : अध्यक्ष दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी संसदीय संख्याको हिसाबले तेस्रो स्थानमा रहे पनि वैचारिक र राजनीतिक एजेन्डाको हिसाबले नेपालको संस्थापन पक्ष भएको दाबी गरेका छन् ।

उनले देशका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेलाई हालको संविधान र व्यवस्थाको प्रतिपक्षको संज्ञा दिएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष दाहालले सङ्ख्यात्मक उपस्थितिले मात्र राजनीतिको मूलधार निर्धारण नहुने तर्क गरेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र उत्पीडित समुदायको अधिकार स्थापनामा माओवादीको नेतृत्वदायी भूमिका रहेकाले माओवादी नै संस्थापन पक्ष भएको जिकिर गरे।

उनले लेखेका छन्, ‘अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ । तर हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।’ कांग्रेस र एमाले यो संविधान र गणतन्त्रको आधिकारिक पक्ष होइन् ।’