प्रतिनिधिसभाको कार्यसूचीबाट भूमि विधेयक हटाइयो

प्रतिनिधिसभाको कार्यसूचीबाट भूमि विधेयक हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाको कार्यसूचीबाट भूमि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाइएको छ ।

नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेपछि विधेयकलाई कार्यसूचीबाट हटाइएको हो ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो ।