निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समितिको बैठक भोलिका लागि स्थगित

निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समितिको बैठक भोलिका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठकले कार्यविधिलाई अन्तिम रूप दिने निर्णय गरेको छ ।

बुधबार संघीय संसद् सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसेको बैठकबाट कार्यविधि अन्तिम चरणमा पुगेको र अब यसलाई अन्तिम रूप दिने प्रक्रियामा अगाडि बढेको समिति संयोजक जीवन परियारले जानकारी दिए ।

उनले भने, ‘आज भएको छानबिन समितिको बैठकमा हिजो छलफल गरेको कार्यविधिका बारेमा नै छलफल गरेका छौं । त्यो कार्यविधि अन्तिम चरणमा पुगेको छ । अबको काम कसरी अगाडि बढाउने भन्ने बारेमा पनि छलफल भएको छ । आजको बैठकले कार्यविधिलाई अन्तिम रूप प्रदान गर्ने निर्णय गरेको छ ।’

समितिको अर्को बैठक भोलि १२:१५ बजे बस्ने तय भएको उनले बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।