मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – लालबन्दी नगरपालिका–३ स्थित सडकमा जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको बीआर ०६ एएम ७४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक पर्सा गाउँपालिका–६ पर्सा टोल बस्ने ३० वर्षीय हरिन्द्र पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम धनुषामा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।