काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
बिहीबार काठमाण्डुको हिमालय होटलमा आयोजित एक समारोहमा कपडाको ब्राण्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् । ब्रान्ड एम्बेसडरको हस्ताक्षर समारोहमा बोल्दै सन्दीपले कम्पनीको परिवारको सदस्यजस्तै भएको बताए ।
‘यो ब्रान्डको सुरुवाती दिनहरूदेखि यहाँसम्म आउँदा आफूलाई पनि एकदमै गर्व लाग्छ कि यो ब्रान्डसँग म सुरुदेखि नै थिए । आज यो ब्रान्ड यहाँसम्म पुग्दा आफ्नो परिवारले नै सफलता पाएको महसूस गरेको छु,’ उनले भने ।




प्रतिक्रिया