काठमाण्डु महानगरको बजेट आइतबार आउने

काठमाण्डु महानगरको बजेट आइतबार आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी असार २९ गते (आइतबार) आउने भएको छ ।

मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।

४० औं बैठकमा स्वागत छ भन्दै बालेनले भने, ‘२४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको छ। नगरसभा मिति तोक्ने सन्दर्भमा मिति असार २९ गते नगरसभा र त्यसै दिन ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु। अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु।’

यसअघि बसेको राजश्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको थियो ।