बाढीपहिरोको जोखिम कायमै, काठमाण्डुसहित ३३ जिल्लामा ‘एल्लो अलर्ट’

बाढीपहिरोको जोखिम कायमै, काठमाण्डुसहित ३३ जिल्लामा ‘एल्लो अलर्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले देशका केही स्थानमा शनिबार पनि बाढीपहिरोको जाखिम रहेको जनाउन्दै सतर्क रहन आग्रह गरेको छ । विभागले सूचना जारी गरी शनिबार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तल रहेको जनाएको छ ।

जिल्लाका हिसाबले भने बारा, पर्सा, रौतहट, काठमाण्डु, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।

साथै संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, सिन्धुली, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, प्यठान, बैतडी, डोटी, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना पनि मध्यम नै रहेको बाढी महाशाखाले जनाएको छ।

उल्लिखित ३३ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेर खोला तथा नदी क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ।