काठमाण्डु महानगरले २५ अर्बको बजेट ल्याउँदै

काठमाण्डु महानगरले २५ अर्बको बजेट ल्याउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२–८३ को बजेट ल्याउँदै छ।

शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आइतबार दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरिएको छ।

कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह बालेनले नगरसभा बोलाउने प्रस्ताव गरेका थिए। उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो।

महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ। शुक्रबारनै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो।

महानगरले सबैभन्दा धेरै बजेट पूर्वाधारमा छुट्याएको छ ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले भौतिक पूर्वाधारमा ५१ प्रतिशत बजेट छुट्याउन सिफारिस गरेको छ । यस्तै, आर्थिकमा ३ प्रतिशत, सामाजिक विकासमा २० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १२ प्रतिशत र कार्य सञ्चालन तथा प्रशासनिक खर्चका लागि १४ प्रतिशत बजेट छुट्याउन सिफारिस गरिएको छ ।

महानगरको कार्यपालिका बैठक सात महिनापछि शुक्रबार बसेको थियो । उक्त बैठक करिब १ मिनेट ८ सेकेन्डमै सकिएको थियो । प्रमुख बालेन्द्र शाहले नगरसभाको प्रस्ताव गरेका थिए ।

सदस्यहरुले पारित गरेसँगै उनले अरु छलफलको विषय केही पनि नरहेको भन्दै बैठक समापन भएको घोषणा गरेका थिए ।