शतकबाट एक रनले चुके कुशल भुर्तेल, सामराको पनि विस्फोटक ८९ रन

शतकबाट एक रनले चुके कुशल भुर्तेल, सामराको पनि विस्फोटक ८९ रन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउन एक रनले चुकेका छन्। उनले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए।

त्यस्तै, पोखराका अर्का ओपनर युवराज सामराले पनि उत्कृष्ट ब्याटिङ गर्दै ८९ रन जोडे। उनले ५५ बलमा ८ चौका र ५ छक्का प्रहार गरे।

भुर्तेल र सामराले दोस्रो विकेटका लागि १८६ रनको विशाल साझेदारी गरे। उनीहरूको आक्रामक ब्याटिङकै मद्दतमा पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो।

भुर्तेल १८.२ ओभरमा साहिल पटेलको हातबाट क्याच आउट भए। सामरा पनि त्यसको तीन बलपछि करण केसीको बलमा भीम शार्कीबाट क्याच आउट भए।

कप्तान चमिका करुणारत्नेले ७ बलमा अविजित १९ रन बनाए। पोखराले काठमाडौंलाई जितका लागि २२५ रनको लक्ष्य दिएको छ।