२७६० मा पुग्यो सेयर बजार, ९ अर्ब ४१ करोडको कारोबार

२७६० मा पुग्यो सेयर बजार, ९ अर्ब ४१ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से ३४ अंकले बढेर परिसूचक २७६० अंकमा पुगेको छ ।

२ करोड ६५ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोडको कारोबार भयो । कारोबारमा आएका कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो ।

कारोबार रकमका आधारमा बुटवल पावर, निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि विद्युत्, एनआईसी एसिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चरले सर्वाधिक कमाए ।

आज सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशत बढ्यो ।

यसदिन सबै समूहका सूचक बढेका छन् । बैंकिङ सबैभन्दा धेरै १.८१ प्रतिशत बढ्यो । विकास बैंक १.२२, फाइनान्स १.७९, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.७१, लगानी १.०८, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा ०.७६, अन्य ०.५२ तथा व्यापार ०.८५ प्रतिशत बढे ।