काठमाण्डु – नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादी एकता हुने भएको छ ।
आईतबार प्रतिनिधिसभा परिषद्मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेको बताए ।
उनले भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख–पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो, २ घण्टा भाषण गर्नुभयो । समयमा खबर हुन्छ भनेर पठाउनुभयो । पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यो । साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौं ।’
उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भण्डारीसँग पनि नभएको बताए ।
‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु । सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भण्डारीसँग पनि मैले त्यो क्षमता पाइनँ । म नेकपा एकीकृत समाजवादीमा जाँदैछु । एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेका कार्यकर्ता हुनुहुन्छ ।’




प्रतिक्रिया