काठमाडौं–टोखा–नुवाकोट सडक अवरुद्ध

काठमाडौं–टोखा–नुवाकोट सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको टोखा हुँदै नुवाकोट जाने सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण सडक किनारामा रहेको पर्खाल भत्किँदा सडक अवरुद्ध भएको हो ।

गएराति टोखा नगरपालिका–२ टोखास्थित नुवाकोट जाने सडकखण्डको ठूलो लाछीनजिक वर्षाको कारणले सडक किनारामा रहेको पर्खाल भत्किँदा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हाल उक्त सडकखण्डमा दुई पांग्रे सवारीसाधन मात्र आवतजावत गर्न सक्ने तर चारपांग्रे र ठूला सवारीसाधन रोकिएको प्रहरीले बताएको छ ।