काठमाण्डु – भरतपुरको सिमलतालबाट भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदीमा खसको छ । नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर–२९ सिमलतालमा मिनी ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नारायणगढबाट काठमाण्डु जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो ।
दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरू दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
गत वर्ष असार २८ गते सिमलतालमै दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु बेपत्ता थिए । दुई बसमा ६२ जना यात्रु रहेकामा तीन जना पौडिएर बाँचेका थिए भने २० जनाको शव भेटिएको थियो । अरुको भने हालसम्म पनि अत्तोपत्तो छैन ।




प्रतिक्रिया