थिति बसाल्न दण्ड र पुरस्कारको व्यवस्था गरेका छौं : प्रधानमन्त्री

थिति बसाल्न दण्ड र पुरस्कारको व्यवस्था गरेका छौं : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम धमाधम भइरहेको छ। तर, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जना तिर्दै काम गरिरहेको ओलीको दाबी रहेको छ।

प्रधानमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड र पुरस्कारको व्यवस्था गरेको उल्लेख गरे।

‘कीर्तिपुर क्रिकेट रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ। सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौं।’

सम्झौताअनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जना तिर्नु पर्ने व्यवस्था छ । हर्जना झण्डै दैनिक २ लाख बढी हुने शहरी विकास मन्त्रालयले जनाएको छ । ठेकेदार कम्पनीले मंगलबारदेखि उनीहरू दैनिक हर्जना तिरेर काम गरिरहका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस अगाडि म्याद थप गर्दा पनि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिको काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका थिए।