एमाले पोलिटब्युरो बैठक आजपनि, प्रतिवेदनमाथि छलफल हुने

एमाले पोलिटब्युरो बैठक आजपनि, प्रतिवेदनमाथि छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले)को जारी पोलिटब्युरो बैठक शनिबार पनि बस्ने भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा शनिबार ११ बजे सुरु हुनेछ ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि शुक्रबार ७ जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलिसकेका छन् । शनिबार अन्य नेताहरूले आ आफ्नो धारणा राख्नेछन् ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोलेका थिए । उनले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गरेका थिए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।