शेखर कोइरालाले आफू निकटका सांसदलाई बोलाए छलफलमा

शेखर कोइरालाले आफू निकटका सांसदलाई बोलाए छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि बोलाएका छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सांसदहरूसँग नेता कोइरालाले छलफल जारी रहेको छ ।

पछिल्लो समय कोइरालाले अन्य दलका नेताहरूसँग पनि छलफलको क्रम तीव्र पारेका छन् ।

यसअघि कोइरालाले पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रचण्डसँग उनीहरूको निवासमै गएर भेटेका थिए ।

कोइरालाले आइतबार बिहान र दिउँसो समूह–समूहमा बेग्लाबेग्लै रूपमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको कामकारबाहीप्रति सन्तुष्ट कोइरालाले यसै विषयलाई लिएर छलफललाई निरन्तरता दिइएको बुझिएको छ ।

कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा सामेल कांग्रेसका ४ मन्त्रीहरूका कामकारबाहीलाई लिएरपनि छलफल भएको छ ।