मुग्लिन सडक खण्डमा कारमाथि ढुंगा खस्यो, तीन जना घाइते

मुग्लिन सडक खण्डमा कारमाथि ढुंगा खस्यो, तीन जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् ।

आइतबार इच्छाकामना गाउँपालिका वडा–५को तुईन खोला पुल नजिकै ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका हुन् ।

दिउँसो २ः३० बजेको समयमा ढुंगा भारतीय नम्बरप्लेट रहेको युपी ८० जीपी २९२८ नम्बरको कारमा खसेको थियो ।

घाइते हुनेमा कार चालक ४२ वर्षका रतेन्द्र यादव, ३३ वर्षक हर्मोन यादव, र ३५ वर्षका हितेन्द्र यादव रहेका छन् ।

अवस्था गम्भीर नभएकोले उनीहरुलाई उपचारको लागि स्थानीय मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ ।