काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासल पुगेकी छिन् ।
एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् ।
छलफल ३ बजेका लागि तय भएको भनिए पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारणले केहीबेर पर सरेकाे छ ।
एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी छलफलमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।
बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए।
एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूको बाक्लो भीड छ ।




प्रतिक्रिया