रुपन्देही–३ उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

रुपन्देही–३ उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगबाट शुक्रबार स्वीकृत कार्यक्रमअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।

असोज २१ गते साँझ ५–७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने र असोज २४ गते १ बजेदेखि साँझ ३ बजेसम्म यसअघि विभिन्न चरण पूरा गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति –