काठमाण्डु– नेपाली कांग्रेसका सात जना पूर्व पदाधिकारीहरूको बैठक आज सोमबार बस्दैछ। बैठक कांग्रेस नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा जारी रहेको छ ।
नेता सिंहको संयोजनमा बस्ने यो बैठक पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै छुट्टै रणनीति बनाउन केन्द्रित रहेको छ । यस्ता छलफलहरू यसअघि पनि निरन्तर हुँदै आएका थिए।
बैठकमा सहभागी हुने नेताहरूमा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत छन्।
स्रोतका अनुसार, यी सात नेताले सातै प्रदेशमा अन्तक्रिया कार्यक्रम गर्ने तयारी गरेका छन्। आजको बैठकमा सोही तयारीबारे थप छलफल हुनेछ।




प्रतिक्रिया