पहिलो पटक गृहमन्त्रीले आईजीपीलाई लगाए फूली

पहिलो पटक गृहमन्त्रीले आईजीपीलाई लगाए फूली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीले नै दर्ज्यानी चिह्न लगाइदिएको यो पहिलो घटना हो। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा थियो।

कार्यक्रममा गृह मन्त्रालयका अधिकारी तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो । 

सरकारले बुधबार नै केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको थियो।

यसैगरी, मन्त्रिपरिषद्ले निवर्तमान महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ।