२१ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्य हालसम्मकै उच्च

२१ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्य हालसम्मकै उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।