काठमाण्डु– सरकारले २०८२ साउन ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ।
बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका १० निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले विश्व बैकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
यस्तै २०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव श्री गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने निर्ण समेत बैठकले गरेको छ ।





प्रतिक्रिया