बोलेरोको ठक्करबाट १ जनाको मृत्यु

बोलेरोको ठक्करबाट १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटस्थित सडकमा क.प्र.०२–००१ च ०९४४ नम्बरको बोलेरोको ठक्करबाट ३५ वर्षीय प्रेम बुढाको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।