काठमाण्डु – बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। हिमाली गाउँपालिका–५ को क्युडीमा जिप दुर्घटना भएको हो।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष प्रदीप बुढथापाले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ।
जिपमा २६ जना सवार थिए। उनीहरूमध्ये १५ जना घाइते भएका छन्। मृतकको नाम र ठेगाना अहिले खुलेको छैन ।




प्रतिक्रिया