काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २४ सय रुपैयाँले घटेको हो ।
हिजो १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर २ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।




प्रतिक्रिया